प्रधान सेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान

0
Shares

काठमाडौँ ।

प्रधान सेनापति प्रभुराम शर्माले साधारण सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच आज प्रधान सेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ती गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा पदपूर्ती गर्नुपर्ने व्यवस्था अनुरुप बढुवा भएका ३३ जना मध्ये शान्ति सेनामा खटिएका बाहेक २७ जनालाई आज प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा बलाधिकृत रथी श्री सरोज प्रताप राणा, बलाध्यक्ष रथी श्री सीताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै बढुवा हुनु भएका अधिकृतहरुको परिवारजनको उपस्थिति थियो ।

लामो समय सेनामा रहेर योगदान पुर्‍याएका एवं अनुभव हासिल गरेका पदिकहरुको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना भएको र सकलदर्जाको हौसला अभिवृद्धि हुन पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।