शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न” उपहार योजनाको मेगा लक्की–ड्र सम्पन्न

0
Shares

काठमाडाैं  ।

नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा ‘शिवम्‌सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना) ६० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत् सार्वजनिक गरिएको छ।

बिहीबार गरिएको पत्रकार सम्मेलनमा यो योजना अन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथा बिक्रेता तर्फ ४७ तोला सुन उपहार राखिएको जानकारी दिइएको छ।

बिहीबार सम्पन्न मेगा लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरी ले ५र५ तोला सुन प्राप्त गरेका छन् भने, दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले ३र३ तोला सुन जितेका छन्।

यस्तै तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्शन प्रालि, हेल्थ एण्ड हाईजनिक प्रालि, अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २र२ तोला सुन जित्न सफल भएका छन् साथै चौथो ८ जनालाई १र१ तोला सुन तथा अन्य १० जनाले आधारआधा तोला सुन जित्न सफल भएका छन्।

यसअघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्तातर्फ ६० जना तथा बिक्रेतातर्फ ८० जना भाग्यशाली विजेताहरुको छनोट भइसकेका छन्। जस अन्तर्गत ४ जोडीले थाइल्याड भ्रमण, ८ जोडीले गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाइट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्री, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन्।