काठमाडौं ।
उपराष्ट्रपति चयनका लागि जारी मतदानमा दुई उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका छन् । संघीय र प्रदेशसभा दुवैको सदस्य नभएकाले अष्टलक्ष्मी शाक्य र ममता झाले मतदान गर्न नपाउने भएकाे हुन् ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।
प्रतिनिधिसभा सदस्य रहेका रामसहायप्रसाद यादवले भने मतदान गरिसकेका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहने छन् ।
प्रतिक्रिया