कोशी प्रदेश : कांग्रेस संसदीय दलको उपनेतामा कार्की

0
Shares

विराटनगर।

हिमाल कार्की नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले उनलाई उपनेता  नियुक्त गरेका हुन् ।

उदयपुर क्षेत्र नम्बर १ को प्रदेश (२) बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित उनी  प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।  उनी कांग्रेस उदयपुरका जिल्ला सभापति समेत हुन् ।