‘देउवा र प्रचण्डसँग भागबण्डा मिलाउने कला छ’

0
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भागबण्डा मिलाउने कला भएको बताउनुभयो ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि उहाँले सञ्चारकर्मीहरूसँग भन्नुभयो– ‘गठबन्धनमा भागबण्डा मिलाउने कला हाम्रो सभापतिजी र प्रचण्डजीमा पनि छ । त्यही भएर अहिलेसम्म उहाँहरू टिकिराख्नुभएको छ । कलाले गर्दा नै हुने न हो । सबै दलहरूमा ‘गिभ एन्ड टेक’ हुन्छ ।’

विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने भन्दै उहाँले वर्तमान सरकार पूरै कार्यकालसम्म रहने विश्वास गर्दै कोइरालाले भन्नुभयो– ‘वर्तमान गठबन्धनको नेतृत्वको सरकार ढाल्ने खेलमा पूरा कार्यकालभरी नै कोही लाग्दैन । प्रचण्ड नेतृत्वको सरकार ढालेर बीचैमा आफ्नो नेतृत्वको सरकार बनाउने खेलमा कांग्रेस पनि लाग्दैन । स्थिरताका लागि सरकारलाई पूरा काम गर्न दिने भनेर नै गठबन्धन बनाएको हो ।’