मन्त्री तथा उच्च पदस्थ कर्मचारीलाई विदेश भ्रमणमा रोक

0
Shares

काठमाडौं । सरकारले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको छ ।

वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि सो निर्णय गरिएको हो । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अति आवश्यकबाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बुधबार मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्दै जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषद् बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णय गरेको छ भने यति एयरको विमान दुर्घटनाको जा“च आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ ।

बैठकले पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।