स्ववियु निर्वाचन : दार्चुलाको गोकुलेश्वर क्याम्पसमा भागबन्डामा उम्मेदवारी दर्ता

दाबी विरोध नभए सर्वसम्मत हुने

0
Shares

धनगढी

दार्चुलाको गोकुलेश्वर क्याम्पसमा सहमतिको आधारमा विभिन्न दलका विद्यार्थी सङ्गठनले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न तीन सङ्गठनले वि भिन्न पदहरूमा मनोनयन दिएको हो । अध्यक्षमा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारी,सचिवमा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र कोषाध्यक्षमा कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघलाई दिएर सर्वसम्मत मनोनयन दिइएको गरिएको हो ।

अध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीका नवीन बिस्टको एकल उम्मेदवारी परेको छ । सचिवमा आनेरास्ववियुका ज्ञानेन्द्र गोयला र कोषाध्यक्षमा नेविसंघका जगदीश विष्ट रहेका छन् । अन्य सात सदस्यमा एक अनेरास्ववियु क्रान्तिकारीका हसिला चन्द र एक नेवि सङ्घका गोविन्द सिंह डाँगा रहेका छन् । अन्य पाँच जना अनेरास्ववियुका सदस्य छन् । रुद्र सिंह विष्ट, केशव दत्त जोशी, मनीषा साउद र लक्ष्मी जोशीको एकल उम्मेदवारी परेको छ ।

गोकुलेश्वर क्याम्पसले अहिले सम्म सबै पदमा एकल उम्मेदवारी परे पनि दाबी विरोध पछि मात्रै घोषणा गरिने बताएको छ । यहाँ चैत्र ८ गते निर्वाचन हुँदै छ ।