काठमाडाैं ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आँशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ।
पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाकाे आग्रह गरेकाे छ ।
२०७९ चैत १ गते (बुधबार)
दिउँसोː देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा अपराह्णतिर मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत २ गते (बिहिबार)
दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भेगका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागहरूको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत ३ गते (शुक्रवार)
दिउँसोː देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भेगका केही स्थानहरू तथा तराई भेगका एक-दुई स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागहरूको केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।











प्रतिक्रिया