उपराष्ट्रपतिका उम्मेदवार यादवलाई मत दिने कांग्रेसको निर्णय

0
Shares

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने नेपाली कांग्रेसले निर्णय गरेको छ ।

बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो ।

यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् भने प्रतिपक्षी दल एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन गराएका छन् ।

यहीँ चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।