शाहरुख र आलिया सर्वाधिक लोकप्रिय

0
Shares

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भद्म पछिल्लो समय भारतको सबैभन्दा लोकप्रिय स्टारको पहिलो सूचीमा परेका छन्।
भारतीय रेटिङ एजेन्सि ओरम्याक्सले गरेको शोधपत्रअनुसार फेब्रुअरी महिनाको सबैभन्दा लोकप्रिय अभिनेता र अभिनेत्रीमा शाहरुख र आलिया रहेका छन्। आरेम्याक्सले हरेक महिना सार्वजनिक गर्ने उक्त सूचीअनुसार अभिनेता सलमान खान दोस्रो, अक्षय कुमार तेस्रो र ऋतिक रोशन चौथो नम्बरमा छन्। पठान रिलिजका कारण शाहरुख सर्वाधिक चर्चामा रहेकाले पनि उनले सलमानलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन्।

अभिनेत्रीतर्फ पहिलो नम्बरमा रहेकी आलिया हाल भरपुर आफ्नो मातृत्वको आनन्द लिइरहेकी छन् भने फिल्म रकी और रानीकी प्रेम कहानी नामक फिल्मको काममा व्यस्त छिन्। यस सूचीको दोस्रो नम्बरमा भने दीपिका पादुकोण, कियारा आडवाणी तेस्रो, कटिझना कैफ चौथो र कृति सेनन पाँचौं स्थानमा छन्।