कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक भोलि  बिहान ११ बजेलाई डाकिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछिको अवस्थाको समीक्षासँगै सरकारमा आफ्नो सहभागिताबारे छलफल हुने बताइएको छ ।

त्यस्तै उपराष्ट्रपति निर्वाचन, अब चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको छ ।