डोटीमा जिप दुर्घटना : घाइते ल्याउन पूर्वमन्त्री आलेले पठाए हेलिकोप्टर

0
Shares

काठमाडौं । डोटीबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेका पहलमा आज डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोकीदा घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ ।

उक्त जिप दुर्घटनामा घाइते भएकाहरुलाई काठमाडौं ल्याउनका लागि सांसद आलेका पहलमा अहिले नेपाली सेनाको हेलिकोप्टर डोटी पठाइएको बताइएको छ ।

सांसद आले प्रधानमन्त्री निबास बालुवाटार पुग्नु भई प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटगरी प्रधानमन्त्रीका स्वकीय सचिवहरु गङ्गा दाहाल र रमेश मल्लको सहयोगमा नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट डोटी पठाउनु भएको सांसद आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । आज बिहान दिपायलबाट सिलगढी जाँदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जीप र विपरीत दिशाबाट आईरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडि एक आपसमा ठोकीदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टङ्ककुमारी उपाध्याय, सोही वडाकी ६५ वर्षीया धौलीदेबी विष्ट, २४ वर्षीया दुर्गादेवी विष्ट उहाँको एक वर्षको छोरा सिर्जन विष्ट रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिनुभयो । यसैगरी दिपायल सिलगढी नगरपलिका–६ का मोटरसाइकल चालक ३२ वर्षीय विष्णु बोहरा र बडीकेदार गाउँपालिका–१ बिपीनगरका ४९ वर्षीय कर्ण बम घाइते भएका छन् ।

घाइतेहरुमध्ये २४ वर्षीया दुर्गादेवी विष्टको अवस्था गम्भीर रहेकाले उहाँ लगायत अन्य घाइतेको थप उपचारका लागि काठमाडौं ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको बताइएको छ । दुर्घटनामा परेका सामान्य घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको र गाडी चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।