डोटीमा जिप र मोटरसाइकल आपसमा ठोकिदा ६ जना घाइते, एकको अवस्था गम्भीर

0
Shares

डोटी । डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोकीदा ६ जना घाइते भएका छन् । दिपायलबाट सिलगढी आउँदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आईरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडि आज बिहान एक आपसमा ठोकीदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाईते हुनेमा दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टंककुमारी उपाध्याय, सोही वडाकी ६५ वर्षीया धौली देबी विष्ट, २४ वर्षीया दुर्गादेबी विष्ट उहाँको एक वर्षको छोरा सिर्जन विष्ट रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देबेन्द्रराज जोशीले जानकारी दिनुभयो ।

यसैगरी दिपायल सिलगढी नगरपलिका–६ का मोटरसाईकल चालक ३२ वर्षीय विष्णु बोहरा र बडीकेदार गाउँपालिका–१ बिपीनगरका ४९ वर्षीय कर्ण बम घाइते भएका छन् ।

घाइतेहरुमा २४ वर्षीया दुर्गादेवी विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं लैजानका लागि डोटीबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेका पहलमा अहिले नेपाली सेनाको हेलिकप्टर डोटी आउँदै गरेको बताइएको छ ।

सांसद आलेले प्रधानमन्त्री निबास बालुवाटार गएर प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिवहरु गंगा दाहाल र रमेश मल्लको सहयोगमा सेनाको हेलिकप्टर पठाउनु भएको सांसद आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परेका अन्य घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको र गाडी चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।