चिनियाँ लाउन्ड्री व्यवसायीको कथालाई ७ ओस्कार

0
Shares

विश्व प्रतिष्ठित ओस्कार एकेडेमी फिल्म अवार्डको ९५औं संस्करण सोमबार सम्पन्न भएको छ।

अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न समारोहमा फिल्म एभ्रिथिङ एभ्रिह्वेएर अल एट वान्सले सर्वोत्कृष्ट फिल्म र निर्देशनसहित सात विधामा सर्वाधिक ओस्कार चुमेको छ। यस फिल्मबाट डेनियल क्वान र डेनियल सिनर्टले निर्देशक तथा मौलिक पटकथा, मिसेल योहले अभिनेत्री, के ह्यु क्वानले सहायक अभिनेता, जेमी ली व्रुटिसले सह अभिनेत्री र पल रोजर्सले सम्पादकको अवार्ड चुमेका छन्। सय मिलियन डलरसम्म कमाई गरेको सो फिल्मले एक चिनियाँ अमेरीकी लाउन्डझी व्यवसायको मालिकको कथा र उसको लेखा परीक्षकको संघर्षको कथावस्तु भन्छ।

लेडी गागा, रिहानालगायतको सांगीतिक प्रस्तुति रहेको अवार्डमा द ह्वेलबाट ब्रेन्डन फ्रेजरले अभिनेता, फिल्म आरआरआरको नाटु् नाटु बोलको गीतले मौलिक गीत, टपगन माभेरिकले ध्वनि, वुमन टकिध्रले एडप्टेड स्क्रिन प्ले, अवतार द वे अफ वाटरले भिजुअल इफेक्ट, अल क्वाइट अन द वेस्टर्न फ्रन्टले अन्र्तराष्ट्रिय फिचर फिल्म, छायांकन, ओरिजिनल स्कोर र प्रोडक्सन डिजाइनको अवार्ड चुम्यो। त्यस्तै, द एलिफन्ट ह्विस्पर्सले डकुमेन्ट्री सर्ट फिल्म र मेकअप तथा हेयर स्टाइल, ब्ल्याक प्यान्थर वाकान्डा फरेभरले कस्ट्युम डिजाइन, नाभाल्नीले डकुमेन्ट्री फिचर फिल्म र गुइर्लेमो डेल टोराको पिनोचियोले एनिमेटेड फिचर फिल्म, एन आईरिस गुड ब्वाईले लाइभ एक्सन सर्ट फिल्मको अवार्ड चुमेको छ। रेड कार्पेटको विशेष महङ्कव रहने ओस्कारको इतिहासमा ६३ वर्षपछि कार्पेटको रङ फेरिएको छ। रातो कार्पेट बिछ्याइँदै आएको ओस्कारमा यसपटक चम्किलो सेता रङको कार्पेट बिच्छ्याइएको थियो।