शीतल निवासबाट बिदा भइन् भण्डारी

0
Shares

काठमाडौँ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट बिदा भएकी छिन्।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै भण्डारीको बिदाइ गरिएको हो। भण्डारीलाई नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपहार प्रधान गरे।

नवनिर्वाचति राष्ट्रपति पौडेल भण्डारीलाई गाडीसम्मै पुगेर बिदाइ गरेका थिए।

भण्डारी आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी छ ।

भण्डारीले २०७२ मा संविधान जारी भएपछि लगातार दुई कार्यकाल राष्ट्रपतिको भूमिकामा रहेकी थिइन्।