तत्काल सरकारमा जाने सम्भावना छैन : रवि लामिछाने

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने सम्भावना नभएको बताएका छन् । आज (सोमबार) चितवनमा पत्रकारसँग कुरा गर्दै उनले तत्काल सरकारमा जाने सम्भावना नभएको बताएका हुन् ।

विकसित राजनीतिक घटनाक्रमको मूल्यांकन गरेर मात्रै अगाडि बढ्ने उनको भनाइ छ । उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए ।

अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन, रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए ।

आसन्न वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनको तयारी शुरू गरेको रविले जानकारी दिए ।