सल्यानमा दुई  समूहबीच झगडा हुँदा २ घाइते, ४ जना प्रहरीको नियन्त्रणमा

0
Shares

 सल्यान । 

सल्यानमा एक आसपासमा झगडा हुँदा दुई जना घाइते भएका छन्  भने ४ जना पक्राउ परेका छन् । जिल्लाको बागचौर नगरपालिका–२ खरिबोटमा शनिबार रातिदुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका हुन्  । मदिरा सेवन गरी सामान्य विवादहुँद भएको झडपमा परी स्थानीय अन्दाजी ३० वर्षीय रविन भण्डारी र तारा भण्डारी घाइते भएको प्रहरीले जनाएका छ ।

घाइते दुवैको अहिले बाग्चौरस्थित पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताउनु भयो । दुई युवा समूहबीच भएको झडपका क्रममा प्रहरीले खटिबोर निवासी ३२ वर्षीय पूर्ण गिरी, २३ वर्षीय ईश्वर गिरी, ३२ वर्षीय देवबहादुर भण्डारी, बागचौर नगरपालिका–६ कोट बाराका ३० वर्षीय रमेश विकलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार नियन्त्रणमा लिएका सबैलाई अहिले इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

शनिबार दिउँसो बाग्चौरमा स्ववियु निर्वाचनको समस्या समाधान पश्चात फर्किएको टोलीले खरिबोटमा गएर भोज खाएको र वडाको कार्यालयको विषयलाई लिएर विवाद हुँदा र महिलामाथि हातपात गरेको भन्दै झडप भएको कुरा सुन्नमा आएको स्थानीय नेता टीकाराम ओलीले बताउनु भएको छ ।