काठमाडौं ।
मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका ४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नं को बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष, तीन महिला रहेका छन् ।
बसमा ३४ जना यात्रु रहेका थिए । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत काठमाडौं पठाउन लागिएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोट अस्पतालमा पुर्याइएको छ । चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया