सिन्धुलीमा बस दुर्घटना हुँदा ५ को मृत्यु, २४ जना गम्भीर घाइते

0
Shares

सिन्धुली । सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा परी २४ जना गम्भीर घाइते भएका छन् ।

ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस सिन्धुलीको फिक्कल ४ को कुइभीरमा दुर्घटना हुँदा घट्नास्थलमै पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ५ जनाको मृत्यु र २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । घाइतेको उद्धार भइरहेको छ । बसमा २९ जना सवार रहेको जनाइएको छ ।