उपराष्ट्रपति निर्वाचन : उम्मेदवार विरुद्धको उजुरीमा जाँचबुझ हुँदै, आजै नामावली प्रकाशन

0
Shares

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज (आइतबार) हुुने भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उपराष्ट्रपतिमा नौ दलीय गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेको तर्फबाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनबाट जसपाबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव र प्रमीला यादवको उम्मेदवारी दर्ता गराएका छन् भने एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छन् ।

हिजो (शनिबार) जसपाबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी परेको थियो । उपराष्ट्रपतिको निर्वाचन आसन्न चैत ३ मा हुँदैछ ।