माओवादी पृष्ठभूमिका शीर्ष नेताहरूद्वारा आज संयुक्त पत्रकार सम्मेलनको आयोजना

0
Shares

काठमाडौं । माओवादी पृष्ठभूमिका शीर्ष नेताहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । आज (आइतबार) दिउँसो २ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने भएका ुहन् ।

आज हुने पत्रकार सम्मेलनमार्फत माओवादी पृष्भूमिका नेताहरुले आफ्नो धारणा सार्वजनिक गर्नेछन् । सशस्त्र द्वन्द्वकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट टुंग्याृउन थालेपछि उनीहरुले आपत्ति जनाउँदै आएका छन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी पृष्ठभूमिका शीर्ष नेताहरु, नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवालाहरु उपस्थित रहने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए ।