राष्ट्रपति भण्डारीको कार्यकाल सकिँदै

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएको छ । आज (आइतबार) रातिबाट उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल सकिने भएको हो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै उनको उनको कार्यकाल सकिएको छ ।

उनी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन् ।

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ निजी निवासमा सर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।