उपराष्ट्रपतिका जसपा उम्मेदवार यादवविरुद्ध जनमतको उजुरी

0
Shares

काठमाडौँ।

जनमत पार्टीले उपराष्ट्रपतिका जनता समाजवादी पार्टीकाका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता गरेको छ । राष्ट्रपतिमा पुरुष खसआर्य समुदायबाट निर्वाचित भइसकेकोले उपराष्ट्रपतिमा महिला हुनु पर्ने माग राखेर जनमतले यादवविरुद्ध उजुरी दिएको हो ।

उपराष्ट्रपतिको उममेदवार ममता झाले यादव विरुद्धको उजुरी निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेको सूचना अधिकारी अमृताकुमारी शर्माले जानकारी दिनुभयाे ।

यादवविरुद्ध एमोलले पनि उजुरी दिइसकेको छ । निर्वाचन कार्यक्रमअनुसार शनिबार ६ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारविरुद्ध परेको उजुरीको आइतबार १२ बजेसम्म जाँचबुझ गरी निर्णय लिइने बताउनुभयाे ।