उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनमा एकमत भएन, जसपा र जनमत दुवै पार्टीवाट उम्मेदवारी दर्ता हुने

0
Shares

काठमाडौं ।

सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा दुईवटा उम्मेदवारी दर्ता हुने भएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुईवटा पार्टीको उम्मेदवारको नाम दर्ता गर्ने निर्णय भएको हो ।

‘अहिलेलाई जनता समाजवादी पार्टी र जनमत पार्टीका दुवै उम्मेदवारको नाम दर्ता गर्ने र त्यसैमा पछि ती दुवै मध्य एक नाममा सहमति खोजेर जाने निर्णय भएको छ,’ बैठकमा सहभागि आम आदमी पार्टीका अध्यक्ष प्रभु साहले भने ।

जसअनुसार जसपा नेपालका रामसहाय यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले रामसहायको उम्मेदवारी दर्ता गर्न अस्विकार गरेमा जसपाले अर्को नामको उम्मेदवारी दर्ता गर्ने गरी बैठक सकिएको छ।