सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा प्रभु साह पनि सहभागी

0
Shares

काठमाडौँ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ।

बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी भएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका साह निर्वाचित भएपछि नयाँ पार्टी ‘आम जनता पार्टी’ राखी निर्वाचन आयोगमा दर्ता गराएका थिए।

आम जनता पार्टी पनि सहभागी भएसँगै नौ दलीय सत्ता गठबन्धन दश दलीय भएको छ ।

उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल भइरहेको बताइएको छ।

उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।