सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

0
Shares

काठमाडौँ।

सत्ता गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।

उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।