उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिता श्रेष्ठ अयोग्य

0
Shares

काठमाडौँ।

उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि रञ्जित श्रेष्ठ अयोग्य भएकी छन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको उमेर नपुगेका कारण उपराष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य भएकी हुन् ।

संविधान अनुसार उपराष्ट्रपति बन्न कम्तिमा ४५ वर्ष उमेर चाहिन्छ । तर रञ्जिताले संसद सचिवालयमा पेश गरेको कागजात अनुसार र उनी भर्खर ४० वर्ष पुग्दैछिन् ।

नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।