माओवादी पृष्ठभूमिका नेताहरूको बालुवाटारमा सघन छलफल जारी

0
Shares

काठमाडौं । माओवादी पृष्ठभूमिका नेताहरूबीचको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठक केहीबेरअघि बालुवाटारमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी पृष्ठभूमिका पार्र्टीरू निरन्तर छलफलमा छन् । केही दिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए । उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी छन् ।

यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ । बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने भन्दै शुक्रबारका लागि सारिएको छ । उक्त रिटमा सम्भवतः शुक्रबार पहिलो सुनुवाइ हुनेछ ।