प्रधानमन्त्री प्रचण्डविरुद्ध रिटको सुनवाइ आज

0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।

हिजो (बिहीबार) हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिटको पेसी आज (शुक्रबार) तोकिएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेपछि आजका लागि सारिएको हो ।