राप्रपाले राष्ट्रपतिमा भोट गर्ला ?

0
Shares

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार तथा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् । हिजो (सोमबार) राप्रपा पार्टी कार्यालय धुम्बाराही पुगेर पौडेलले भेट गरेका हुन् ।

भेटका क्रममा पौडेललाई लिङ्देनले संस्थागत निर्णय पश्चात् जवाफ दिने बताएका थिए । संस्थागत रुपमा राजतन्त्रको पक्षमा उभिदै आएको राप्रपा राष्ट्रपति चुनावमा मतदान गर्ने कि नगर्ने निष्कर्षमा पुगेको छैन ।

पार्टीभित्र मतदानमा भाग लिनुपर्ने र लिन हुने दुवै मत भएका कारण फागुन २४ गते मात्रै निर्णय लिने राप्रपाले जनाएको छ । राष्ट्रपति चुनावमा राप्रपासँग २४५० मतभार छ ।

राष्ट्रपतिको निर्वाचन यहीँ फागुन २५ मा हुँदैछ ।