होली पर्व : उच्छृङ्खल गतिविधिमा संलग्न २१८ जना प्रहरी नियन्त्रणमा

0
Shares

काठमाडौं । होलीको रंग दल्ने बहानामा उच्छृङ्खल गतिविधिमा गर्ने दुई सय १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकाबाट २१८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको हाृ ।

अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने एसएसपी श्रेष्ठले जानकारी दिए ।

काठमाडौं उपत्यकामा प्रहरीले ५ सय ४३ मोटरसाइकल होल्ड गरिएको थियो । कागजात साथमा नभएका, मापसे गरेर चलाएका र बिना हेल्मेट चलाएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।