निर्वाचनका लागि परिचय खुल्ने काजपत्र आवश्यक

0
Shares

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा मतदाता परिचय पत्र वा नागरिकता प्रमाणपत्र लिएर जानुपर्ने भएको छ ।

आयोगको आइतबार बसेको बैठकले मतदान गर्न जाँदा जानुपर्ने कागजातका सम्बन्धमा आयोगले निर्णय गरेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ ।

निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई आयोगले जारी भएको मतदाता परिचयपत्र वा, नेपाली नागरिकताको प्रमाणपत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचयपत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।