राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाइयो

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकारको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुभएको छ । शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले सो प्रतिवेदन बुझाउनुभएको हो ।

नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८/०७९ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रधानमन्त्री प्रचण्डले पेस गर्नुभएको हो । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।