ट्रिटन स्कुलको अभिभावक दिवसमा नाच्दै ७० वर्षे हजुरबा…

0
Shares

काठमाडौँ। 

जब ५ कक्षाका विद्यार्थी कृष्ण चौहानले स्टेजमा गएर कमलिकान्त भेटवालको चर्चित गीत…‘सबै र बाख्रा उकाली लागे, घोर्ले बाख्रो खोई भन हौ झम्के गुलेली…’ गाउन शुरु गरे ७० वर्षे हजुरबुबा उमेरका शशि विक्रम राणा स्टेज अगाडि गएर नाच्न थाले ।

शुक्रबार र शनिबार सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलमा विविध कार्यक्रमका साथ आयोजित अभिभावक दिवसका अवसरमा रत्न पुस्तकालयका अध्यक्ष समेत रहेका राणा हौसियर नाचेका थिए । उहाँ कार्यक्रममा अभिभावक र अतिथि पनि हुनुहुन्थ्यो ।

आफ्ना विद्यार्थीलाई पढाईको अतिरिक्त हरेक क्षेत्रमा सक्षम बनाउन प्रयासरत रहेको  ट्रिटन स्कुलले कोभिड १९ पछिको अवधिमा आफ्ना विद्यार्थीलाई नृत्य, गायन, नाटक लगायतका क्षेत्रमा योग्य बनाउन अवसर दिँदै आएको छ, जसको पछिल्लो उदाहरण कृष्ण चौहान पनि एक हुन । उनैले गाएको गीतमा ७० वर्षे राणा नाच्नुभएको थियो । चौहान जस्ता धेरै विद्यार्थीपढन मात्रै होइन् गाउन, नाच्न र नाटक देखाउन खप्पिस भईसकेका छन् ।

 

यसै सन्दर्भमा सबै विद्यार्थीमा नीहित प्रतिभा देखाउन विद्यालयले दुईदिन अभिभावक दिवस राखेको थियो । प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीको प्रतिभा प्रदर्शनी शुक्रबार र ६ देखि १० कक्षासम्मका विद्यार्थीको लागि शनिबार ।

सनातन हिन्दु संस्कार अनुसार विद्यार्थीले संस्कृत भाषामा गायत्री मन्त्र र गुरु वन्दनाबाट शुरु गरेको युकेजी कक्षाको दिक्षान्त तथा नमुना संसदको निर्वाचन सहितको अभिभावक दिवसमा सो विद्यालयका सबै विद्यार्थीले आ—आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । नाटक, गीत, नृत्य, तेक्वान्दो प्रदर्शनी, आँखामा पट्टि बाँधेर कागजको रंग र त्यसमा कोरिएको चित्र चिन्ने क्षमता (बौद्धिक शक्ति प्रदर्शनी) लगायतका कार्यक्रम समावेश थियो ।

कार्यक्रमकी प्रमुख अतिथि व्यवसायीक समूह डिभि ग्रुपकी सञ्चालक देवकी शाह तथा विद्यालयकी निर्देशक ममता शाहले युकेजीकी कक्षा शिक्षक सुवर्ण धौगोडालाई उत्कृष्ट शिक्षक तथा कक्षा ७ का आर्या खड्का र अनिशा शिवभक्तिलाई उत्कृष्ट विद्यार्थीको पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा उत्कृष्ट तथा जेष्ठ अभिभावकहरुलाई पनि सम्मानित गरिएको थियो ।

निर्देशक ममता शाह तथा विद्यालयका भाइस प्रिन्सिपल सुजित तामाङ्गले आधुनिक शिक्षाको सार्थै सबै विद्यार्थीमा अन्तर्निहीत अलग अलग क्षमता अनुसारको प्रतिभालाई उजागर गर्न विद्यालयले कुनै कसर बाँकी नराख्ने प्रष्ट पार्नुभयो ।

‘ट्रिटनमा ज्ञान र शिक्षा लिएका विद्यार्थी र उनिहरुका अभिभावकले कहिल्यैपनि पछुताउनु पर्दैन’—निर्देशक शाह र भाइस प्रिन्सिपल तामाङ्गको भनाई थियो ।

त्यस अवसरमा भारतबाट विद्यार्थीलाई तालीम दिन आएका ब्लाइण्ड फोल्ड प्रशिक्षक अजय देवले बौद्धिक शक्तिको बारेमा जानकारी गराउँनुभएको थियो ।

अभिभावक दिवसमा एनप्याब्सन काठमाण्डौ जिल्लाका सचिव एवम् फिजम संस्थाका अध्यक्ष अमृत खड्का, कोषाध्यक्ष प्रेम भुजेल, सहकोषाध्यक्ष सुनिल खत्री, न्यू भिजन स्कुलका शैक्षिक निर्देशक टंक बहादुर थापा, वरिष्ठ पत्रकार बलराम प्यासी, रत्न पुस्तकालयका अध्यक्ष शशि विक्रम राणा, समाजसेवी लवराज जोशी, वेष्ट ग्रुप भिजनका प्रिन्सिपल चन्द्र गौतमलगायतको सहभागीता रहेको थियो ।