बालुवाटारमा ८ दलको बैठक सुरु

0
Shares

काठमाडौं ।

राष्ट्रपतिको निर्वाचनका लागि एक स्थानमा उभिएका आठ दलको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आठ दलको बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, राम पौडेल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, शरदसिंह भण्डारी, चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी छन् ।

बैठकमा २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनसहितको विषयमा छलफल हुनेछ ।