जनतालाई सेवा दिँदा राम्रो व्यवहार र  आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्न एमाले सचिव विश्वकर्माको जोड 

0
Shares

बुटवल ।

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले जनतालाई सेवा दिँदा राम्रो व्यवहार गर्न र जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्न  सुझाव दिनु भयो ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन लुम्बिनी प्रदेशको ११ अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पूर्वकृषिमन्त्री समेत रहनु भएका विश्वकर्माले जनताका आधारभूत आवश्यकता पुरा गर्नु राष्ट्रसेवक कर्मचारीको कर्तव्य भएको बताउनुभयो  । जनताको धारणा  सकारात्मक बन्ने गरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो । सचिव विश्वकर्माले व्यवस्था बदले पनि अवस्था बदल्न नसकिएको स्वीकार गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय संयोजक रामकुमार थेवेले नेकपा एमालेको नेतृत्व छँदा देश र कर्मचारीको हितमा काम भएको बताउनुभयो ।

निजामती कर्मचारी सङ्गठन निवर्तमान अध्यक्ष केदार देवकोटाले पेशागत महासंघका आफ्ना अधिकार जनताको हितमा काम  नेकपा एमालेको सरकारले मात्रै पुरागर्न सक्ने बताउनुभयो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका प्रमुख निर्देशक नवराज ओझाले विद्युत् प्राधिकरणका कर्मचारीले गर्ने काम अलि वशिष्ठ र जोखिमपूर्ण हुने भएकाले सजक र सुरक्षाका विधिहरू पालना गरेर काम गर्न पनि आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन लुम्बिनी प्रदेश अध्यक्ष कल्पना थापाले युनियनले महत्त्वपूर्ण भूमिका खेलको बताउनुभयो ।
कार्यक्रममा कर्मचारी युनियन योगदान पुर्‍याउनु हुने पुर्वअध्यक्षहरु उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।  कार्यक्रम नेविप्राका लुम्बिनी प्रदेश अध्यक्ष कल्पना थापाको अध्यक्षतामा भएको हो ।