सत्ता साझेदार दलको बैठक बस्दै

0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सत्ता साझेदार दलका बैठक बस्ने भएको छ । बैठक आज (आइतबार) प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे बस्ने भएको हो ।

फागुन २५ मा हुन गईरहेको राष्ट्रपति निर्वाचन र मन्त्रिमण्डल विस्तार लगायतका बिषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नेकपा (एमाले)को तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।