जसपा अध्यक्ष यादवद्वारा अन्तर्घात छानबिन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गरेका छन् । हिजो (शनिबार) छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले केही समयभित्रै उक्त प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गरेका हुन् ।

‘प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ ।’ यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंती तयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने अध्यक्ष यादवले बताए ।

शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रुपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागिसिफारिस गरिएको छ ।