तारजाली नाघेर बाटो काट्नेलाई धनगढीका मेयरको सम्मान !

0
Shares

धनगढी।

धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनको तारजाली नाघ्नेलाई धनगढी उपमहानगरपालिकाका नगरप्रमुख (मेयर) गोपाल हमालले खादासहित सम्मान गरेको बताएका छन्। आज (बिहीवार) सामाजिक संजाल फेसबुक मार्फत मेयर हमालले तारजाली नाघ्ने क्रममा भेटिएका वडा नम्बर १३ राजपुरका शिवराज पाध्यायलाई खादा लगाएर सम्मान गरेको जनाएका हुन्।

मेयर हमाललको सचिवालयले फेसबुकमा स्टाटस राख्दै धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनमा लगाएको तारजाली नाघिरहेका बेला पाध्यायको कठालो समातेर मेयर हमालले सम्मान गरेको जनाएको छ।

केही दिन अगाडि पनि बोटविरुवा सुरक्षा गर्न बनाएको तारजाली नाघेर सडक पार गरेका विभिन्न व्यक्तिहरुकाफोटो तथा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेका थिए। तर उनीहरुमाथि कारबाही हुन सकेको छैन। त्यसमाथि बरु उपमहानगर मेयर हमालले कारबाही गर्नुको साटो सम्मान गरेको भन्दै निजको व्यैक्तिक स्वतन्त्रता हनन हुनेगरी सार्वजनिक रुपमा बेइज्जत गरेको आरोप लागेको छ।