विश्व कपमा छनाेट हुने यू–१९ टाेलीका सदस्यलाई क्यानले १/१ लाख रुपैयाँ दिने



काठमाडौँ।

१९ वर्षमुनिकाे विश्व कप क्रिकेटमा छनाेट हुने नेपाली टाेलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनही १/१ लाख रुपैयाँ दिने घाेषणा गरेकाे छ ।

आगामी वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिकाे विश्व कपमा छनाेट भएकाेमा टाेलीलाई बधाई दिँदै क्यानले १/१ लाख रुपैयाँ दिने घाेषणा गरेकाे हाे । आज (बिहीवार)
भएकाे खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्व कपमा छनाेट भएकाे हाे ।

यसअघि सन् २०१९ मा भएको खेलमा नेपाल यूएईसंग पराजित हुँदै विश्वोकपमा पुग्नबाट बन्चित भएको थियो।

प्रतिक्रिया दिनुहोस्