एमालेको ‘मिसन ग्रासरुट’ अभियान ‘अभियान’कै रूपमा सञ्चालन

0
Shares

बाजुरा । नेकपा (एमाले) बाजुरा ‘मिसन ग्रासरुट’ अभियानमा जुटेको छ । उक्त अभियान अन्तर्गत एमाले बाजुराले नेता कार्यकर्ता बोलाएर बुधबारदेखि दुुई दिने अभियान मार्तडीमा जिल्लास्तरीय अभिमुखीकरणको आयोजना गरेको हो ।

मिसन ग्रासरुट अभियानले केन्द्र, प्रदेश, पालिका, वडा र टोलसम्मको संगठनलाई जीवन्त र क्रियाशील बनाउने उद्देश्य राखिएको पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाहीले बताउनुुभयो । अभिमुखीकरणको पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उदघाटन गर्नुभएको हो ।

पार्टी पोलिटव्यूरो सदस्य राजेन्द्रसिंह रावल, केन्द्रीय सदस्य यज्ञ बोगटी, गोविन्द्र कुँवर, आयोग सदस्य बसुन्धरा रोकाया, प्रदेश कमिटीका नेताहरु हिरेन्द्र भट्टाराई, लालबहादुर ओली, गगन रावल सहितको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको पार्टी सचिव भरत थापाले जानकारी दिनुुभयो ।

पार्टी जिल्ला कमिटीका नेताहरु, गाउँ तथा नगर कमिटीका पदाधिकारी, पार्टी जनसंगठनका सबै पदाधिकारी अभियानमा खटिने छन् । बस्ती स्तरमा गरिने अभियानका लागि श्रोत ब्यक्तीका रुपमा अगुवा नेता कार्यकर्तालाई अभियानको उदेश्य र औचित्य बारे प्रशिक्षण दिन अभिमुखिकरण गोष्टी सुरु गरिएको हो, पार्टी सचिव थापाले भन्नुुभयो ।

एमालेले पार्टी केन्द्रीय सदस्य राजेन्द्र रावल, यज्ञ बोगटी र गोविन्द्र कुँवरलाई जिम्मेवारी तोकेको छ । राजेन्द्र रावलले तोकिएका पालिकामा पहिलो चरणमा अन्तक्र्रिया समेत सञ्चालन गरिसकेका छन् । अन्य पालिकामा आजैबाट औपचारिक कार्यक्रम शुरु गरिएको हो ।

एमालेले दुई महिना पार्टी कार्यकर्तालाई सबै वडा, टोल, बस्ती र पालिकासम्म पुग्ने र संगठन सुदृढीकरण तथा विस्तार अभियान सफल पार्न निर्देशन दिएको छ । पार्टी प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरुलाई पनि आफ्नो बाहेकको पालिकामा खटेर जनतासँगै छलफल, भेटघाट तथा संगठन निर्माणको काममा खटिन जिम्मेवारी तोकिएको पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताउनुुभयो ।

फागुन ५ गतेदेखि वैशाख ९ गतेसम्मको अवधि तोकेर जनताको घरदैलोसम्म पुग्ने लक्ष्यसहित अभियानमा जुटेको हो । दुई महिनाभित्र गरिने उक्त कार्यक्रमको योजनाबद्ध अभियान सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज समेत रहेका थापाले निर्देशन दिएका छन् ।

पार्टी सचिव भरत थापाले सञ्चालन गरेको अभिमुखिकरणमा पार्टी अध्यक्ष कालीबहादुर शाहीले जिल्लाका पालिका तहमा खटिने नेताहरुको कार्य विभाजन पत्र प्रस्तुत गर्नुभएको हो । अभिमुखीकरण कार्यक्रममा एमाले नेताहरु लालबहादुर ओली, हिरेन्द्र भट्टाराई, बसुन्धरा रोकाया, गोविन्द्र कुँवर, यज्ञ बोगटी लगायतका नेताहरुले प्रशिक्षण गर्नुभएको छ ।