राष्ट्रपतिका उम्मेदवार नेम्वाङ माधव नेपाल, राजेन्द्र लिङ्देन र रविलाई भेट्दै

0
Shares

काठमाडौं । यहीँ महिनाको २५ हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारहरु नेताको घरदैलो चहार्दै आएका छन् ।

आज (बिहीबार) नेकपा (एमाले)बाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवास नेम्वाङले दलका केही नेतालाई भेटेर आफूलाई भोट दिन आग्रह गर्ने बताइएको छ ।

नेम्वाङले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर मत माग्ने तयारी गरेका छन् ।

बिहान ११ बजे उनी एकीकृत समाजवादीको कार्यालय पुग्ने उनको सचिवालयले जनाएको छ । नेम्वाङका साथमा एमाले नेताहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ पनि सहभागी हुने बताइएको छ ।

त्यस्तै आजै दिउँसो १ बजे रास्वपाका सभापति रवि लामिछानेलाई पनि भेट्ने उनको योजना छ ।

त्यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भोट माग्न दिउँसो साढे २ बजे राप्रपा कार्यालय पुग्ने नेम्वाङको सचिवालयले जनाएको छ ।