राष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न सातै प्रदेशमा कांग्रेस पदाधिकारी

0
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न सातै प्रदेशमा कांग्रेसले आफ्ना पदाधिकारी बटाएको छ ।

हिजो (बुधबार) सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, वागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरूङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको छ ।

यसैबीच कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति चुनावमा खट्न जिम्मेवारी दिएको छ ।

कांग्रेसले आठ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ ।