राष्ट्रपतिमा रामचन्द्रलाई सघाउने एकीकृत समाजवादीकाे निर्णय

0
Shares

काठमाडौं ।

माधमाधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले यही फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी सचिवालयको ५१ औं बैठकले उक्त निर्णय गरेको हो। समाजवादीले यसअघि नै फागुन १३ गते भएको मनोनयनका क्रममा राष्ट्रपतिमा पौडेललाई समर्थन गरिसकेको छ।