काठमाडौं ।
प्रदेश १ को प्रदेश सभा बैठक शुरु भएको छ। बैठकमा प्रदेशको नामाकरण टेबल गर्ने कार्यसूची छ। नेकपा (एमाले)र नेपाली कांग्रेसले संयुक्तरुपमा प्रदेशको नाम कोशी राख्नुपर्ने प्रस्ताव प्रदेश सभासमक्ष दर्ता गराएका छन्।
एमालेका रामकुमार राना प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेकै निरन राई र कांग्रेसका भूमि राजवंशीले समर्थन गरेका छन्।त्यसैगरी किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ।
नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको छन्। प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। प्रदेश १ मा ९३ सदस्यीय संसद छ।
नामाकरणको टुंगो लगाउन ६३ मत चाहिन्छ।प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी ४ र जसपाका १ जना सांसद छन्। एमाले, माओवादी केन्द्र र कांग्रेस कोशी प्रदेश राख्न एक मत देखिएका छन्। दलको बैठकबाटै तीन दलले कोशी प्रदेशमा भोट हाल्ने निर्णय गरेका छन्। सत्तापक्ष र विपक्षी दलहरु नामका बारेमा एक मत देखिएपछि सहज रुपमा दुई तिहाई मत पुग्न सक्ने सम्भावना छ।











प्रतिक्रिया