त्रिकोणात्मक क्रिकेट लिग : सन्दिपको भिसा आयो, खेलाडीको सूचीमा नाम राखियो



काठमाडौं ।

सर्वाेच्च अदालतले विदेश जान लागेको यसअघिकाे रोक खुल्ला गरिदिएपछि क्रिकेटर सन्दिप लामिछानेले युएईको तयारी गरेका छन् । युएईमा जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट संघले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ ।

सो टिमका एक खेलाडी बिरामी भएपछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएकाे छ । तर, कसको नाम हटाएको हो ? त्यो भने खुलाएको छैन । त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुना न्युगिनीलाई हराएर अपराजित हुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलंकामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ ।

यसका लागि लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्