प्रतिनिधि सभाको बैठक स्थगित

0
Shares

काठमाडौं । बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधि सभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । अब उपराष्ट्रपति निर्वाचनपछि बैठक बस्ने भएको छ ।