आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिपक्षको कुर्सीमा कांग्रेस बस्ला ?

0
Shares

काठमाडौं । प्रतिनिधसभा सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै प्रतिपक्षको बेञ्चमा बस्ने भएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेस र विश्वासको मत फिर्ता लिएका एमाले दुवै प्रतिपक्षको कुर्सीमा बस्ने भएका हुन् ।

कांग्रेस सचेतक रमेश लेखक भन्छन्, ‘यसअघि एमाले र माओवादीको गठबन्धन सरकारलाई विश्वासको मत दिए पनि सरकारमा नगएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौँ । सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो ।

उता, प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारवाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न लागेको हो । त्यसका लागि संसद् सचिवालयमा पनि जानकारी गराईसकेको छ ।