कंगनाको कटाक्ष

0
Shares

बलिउड अभिनेत्री कंगना रनावत बेला बेलामा बलिउड फिल्मकर्मीमाथि निशाना साँधिरहेकी हुन्छिन्।

विभिन्न विषयमा आफ्ना भनाइ निस्फिक्री राख्न सक्ने अभिनेत्रीको छवि बनाएकी कंगनाले हालै बलिउड फिल्मकर्मीप्रति सामाजिक सञ्जालमार्फत कटाक्ष गरेकी छन्। बलिउड फिल्म माफिया भन्दै उनले लेखेकी छिन् केही फिल्म माफियाले मेरो एटिट्युडलाई घमण्ड सम्झेका छन्। किनभने म अन्य हिरोइनजस्तो उनीहरुसँग ख्यालठद्मा गर्ने, आइटम नम्बरमा नाच्ने, विवाह पार्टीमा नाच्ने तथा हिरोहरुले राति बोलाएमा उनीहरुको कोठामा जाने कामबाट आफूलाई सख्त मनाही गरेकी छ ।

उनले आफ्नो आगामी फिल्म इमरजेन्सीबारे लेखेकी छन् ञम आफ्नो लागि मात्र काम गर्दिनँ। मैले आफ्ना सबै कुरा बन्धकी राखेर फिल्म निर्माण गरेकी छु। किनभने विवाहको पार्टीमा नाच्नेजस्तो सस्तो काम मबाट हुँदैन। फिल्म माफियाहरुले यो मेरो घमण्ड हो कि एटिट्युड बुझ्न जरुरी छ र मलाई पागल भएको भन्दै जेलमा पठाउन खोज्नेहरुले मेरो चिन्ता गर्नुभन्दा पनि आफूलाई सुधार गर्न जरुरी छ।

यसरी सामाजिक सञ्जाल ट्विटरमा अभिव्यक्ति दिएकी कंगना बेला बेला बलिउड स्टार किडमाथि पनि खनिने गर्छिन्। स्टार किडका कारण संघर्ष गरेर आएका कलाकारलाई अन्याय भएको बताउने उनी बलिउडमा नातावाद र कृपापाद हावी भएको भन्दै विरोधमा समेत उत्रिने गर्छिन्।