डा. हर्क गुरुङको शालिक निर्माण शुरु

0
Shares

लमजुङ। 

उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ७ स्थित ताङलिचोकमा भूगोलविद् डा. हर्क गुरुङको शालिक निर्माण कार्य शुरु भएको छ । गाउँपालिकाले २०७९/८० को संघ सशर्त अनुदान, वातावरण विभाग कार्यक्रम तर्फको स्वीकृत बजेटबाट डा. गुरुङको शालिक निर्माण गर्न लागेको हो ।

गत शुक्रबारदेखि शालिक निर्माणको कार्य सुरु भएको डा. हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष एवं मर्स्याङ्दी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष तिल गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाबाट १५ लाख रुपैयाँ र स्थानीयको दुई लाख ५९ हजार ४७ रुपैयाँ ९८ पैसा बराबरको श्रमदानमा शालिक पूर्ण रुपमा तयार गरिने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । २०८० जेठ मसान्तसम्म निर्माण सकिने गरी काम भईरहेको समितिले जनाएको छ । दुई रोपनी क्षेत्रफलमा निर्माण हुन लागेकोे डा. गुरुङको शालिक दुई फिटको हुने छ । शालिको वरापर कम्पाउन्डीङ गर्ने, शैचालय निर्माण गर्ने, बृक्षरोपण गर्ने प्रतिष्ठानले जनाएको छ ।

लमजुङको सविक बाहुनडाँडा गाविसको नाईचेमा जन्मिएर भुलभुले गाविसको ताङ्लिचोकमा हुर्किएका गुरुङ बेलायतस्थित नाचेर एडीनवरा विश्वविद्यालयबाट भूगोल विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली बन्नुभएको थियो ।

विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी २०६३ असोज ७ गते डा गुरुङको निधन भएको थियो । ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा भूगोलविद् डाक्टर हर्क गुरुङ सहित २४ जना स्वदेशी एवं विदेशीले आफ्नो ज्यान गुमाएका थिए ।